संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । सत्ता समिकरणमा उथलपुथल भएपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।
संसद सचिवालयले सूचना जारी गरी फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।
आजको ंसंसद बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु गर्ने कार्यसूची थियो । यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागेपछि संसद बैठक स्थगित गरिएको हो ।