१२० दिनमा ४९३८ वटा कुकुर तथा बिरालोको बन्ध्याकरण गर्यौ : बालेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 08:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले १२० दिनमा महानगरले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको बताएका छन् । यस्तै ११३०८ वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार यही गतिमा काम गरेर अब ३ देखि ४ बर्ष भित्र सामुदायिक कुकुर र विरालो सबैको संख्या घटाउदै जाने महानगरको नीति छ ।
उनका अनुसार सोचेजस्तो धेरै कुकुर र विरालोको संख्या भेटिएन । उनले भनेका छन् ' टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ ।'
 सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने महानगरको लक्ष्य रहेको उनले बताए।  एअर नोच नभएका कुकुर विराला देखेमा कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन पनि उनले आग्रह गरेका छन्। उनका अनुसार यस्ता कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा महानगरले उपलब्ध गराउने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved