केपी ओलीले भने: सत्ता गठबन्धन चारै वर्ष टिक्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2024 | 05:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धन ४ वर्ष नै टिक्ने बताएका छन् । एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकमा यो गठबन्धन चारै वर्ष टिक्ने विश्वास उनले व्यक्त गरे । 

नयाँ सत्ता गठबन्धन बनेपछि सो गठबन्धन कहिलेसम्म निरन्तरता रहन्छ भन्ने आम चासोका बीच अध्यक्ष ओलीले यस्तो विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले म नमुरुन्जेलसम्म उथलपुथल भईरहन्छ भन्ने अभिव्यक्ति र उनको सत्ता समिकरण फेर बदलको ट्र्याक रेकर्डका आधारमा मानिसहरुले यो समिकरण पनि धेरै लामो समयसम्म नटिक्ने हो कि भन्ने आशंका गर्ने गरेका छन् । सोहि आशंक मेटनलाई शुक्रबार अध्यक्ष ओलिले सत्ता गठबन्धन आगामि चुनावसम्म टिक्ने बताएका हुन् । 

नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्’, ओलीले भनेका छन् ।

तर ती शक्ति केन्द्रहरु आफै परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए । ‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरु पनि प्रतिबद्ध छ’, ओलीले भनेका थिए ।

माओवादी केन्द्रसहित दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो । ‘हामी सरकारमा सहभागी भइसकेका छौं । तर त्यसबारे निर्णय गर्न बाँकी थियो’ ती पदाधिकारी भन्छन्, ‘अध्यक्षले सरकारमा सहभागी हुनु अगाडि माओवादीसँग कुराकानी गर्ने कुरा समेत गोप्य राख्नुपर्ने कारण परिस्थिति नै भएको बताउनुभयो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved