शिवरात्रीमा बाबाहरुलाई ‘पार्की आइसक्रिम’ वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 12:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभान्स फुड प्रडक्टले शिवरात्रीको अवसर पारेर पाहुना बाबाहरुलाई निःशुल्क आइसक्रिम वितरण गरेको छ । प्रडक्टले ‘पार्की आइसक्रिम’ बाबाहरुलाई निःशुल्क वितरण गरेको हो । 

कम्पनीले पशुपति क्षेत्रमा पुगेर १ लाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको जनाएको छ । 

विभिन्न अवसरहरुमा निःशुल्क आइसक्रिम वितरण गर्दै आएको पार्की आइसक्रिमले केही दिन अघिमात्र  राष्ट्रिय आइसक्रिम दिवसको अवसर पारेर १ लाख रुपैयाँ बराबरीकै आइसक्रिम वितरण गरेको थियो । 

गएको कृष्ण जन्मअष्टमीको अवसर पारेर पनि पार्की आइसक्रिमले कोटेश्वरको महादेब मन्दिर परिसरमा खटिएका स्वयंम् सेवकलाई निःशुल्क आइसक्रिम वितरण गर्नुका साथै पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो । 

विशेषगरी भारतबाट आएका पाहुना बाबाहरुलाई लक्षित गरेर शिवरात्रीको दिन पशुपति परिसरमा गई एक लाख बराबरको निःशुल्क आइसक्रिम वितरण गरेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए । 

बाबाहरुले आइसक्रिमको स्वादिलो भएको र प्रगतिको लागि शुभकामना दिए ।  

पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved