यती एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई नि:शुल्क हवाई टिकट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 02:18:40 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले नि:शुल्क हवाई टिकट प्रदान गर्ने भएको छ। उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) विराटनगर जानुपर्ने क्यान्सरका बिरामीहरूलाई सो सेवा दिन लागेको हो ।

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सले जनाएको छ ।

नि:शुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नु पर्नेछ। अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ।

नेपालभरिकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निस्शुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबिच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved