एनआरएनको लगानी भित्र्याउन नीतिगत सहयोग गर्न सरकार तयार छः मन्त्री भण्डारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 02:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि गर्नुपर्ने सबै नीतिगत सहयोगका लागि सरकार तयार रहेको बताइका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्री भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीतिहरु संशोधन गर्ने आश्वासन दिए । 

नेपालमा लगानी गरेर मनग्य नाफा कमाउन सक्ने वातावरण बनेको दाबी गर्दै उनले लगानी भित्र्याउन गैरआवासीय नेपाली संघले पहल लिनपर्ने बताए । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पनि एनआरएनको भूमिका महत्वपूर्ण हुने मन्त्री भण्डारीको भनाइ छ ।

संघका अध्यक्ष डा. केसीले मन्त्री भण्डारीलाई नेपालमा रोजगारी सिर्जना, उद्यमशिलता तथा पूर्वाधार विकासमा गैरआवासीय नेपालीहरुको लगानी तथा ज्ञान, सीप र प्रविधिलाई प्रोत्साहन गर्न कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।  

छलफलमा एनआरएन नेपाल डेभलपमेण्ट फण्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले उक्त फण्डलाई पूर्वाधार विकासमा परिचालन गर्न लगानीको दायरा फराकिलो बनाउन आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved