आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 01:46:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री वर्षमान पुनले आन्तरिक राजस्व विभाग र भन्सार विभागको नेतृत्व परिवर्तन गरेका छन् । जस अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी र भन्सार विभागको महानिर्देशकमा  ढुण्डीप्रसाद निरौलालाई नियुक्त भएका छन् । 

यस अघि आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल र भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल थिए । सरकारले भुपाल बरालको सरुवा गरेर वातावरण विभागमा पठाएको छ । 

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएर आएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाइएको हो । त्यस्तै शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका महत्वपूर्ण महाशाखामा पनि जिम्मेवारीहरु हेरफेर गरेका छन् । मन्त्री पुनले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन् । उनी राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए ।

त्यस्तै मन्त्री पुनले राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा धनीराम शर्मा र बजेट मशाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा लगेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved