बिद्युत प्राधिकरणले माग्यो ७ सय नयाँ कर्मचारी, एसएलसी पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 07:03:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणले एक साथ करिब ७ सय नयाँ कर्मचारी आह्वान गरेको छ । प्राधिकरणले विभिन्न १३ पदको लागि कर्मचारी माग गरेको हो । प्राधिकरणले १० औ तहको अधिकृत देखि तेस्रो तहसम्मको टेक्निसियनको लागि नयाँ भर्ना आह्वान गरेको हो 

जस अनुसार अधिकृत पदमा ११, सहायकमा ४१, लेखापालमा ३७, सुपरभाइजरमा ८५, मिटर रिडरमा ६७, सहायक लेखापालमा ५२, फोरम्यानमा ११, जुनियर टेक्निसियन २, जुनियर मिस्त्री ७ र २८४ जना इलेक्ट्रीसियन माग गरेको हो 

प्राधिकरणले साउन २ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन फारम बुझाउन आग्रह गरेको छ 

प्राधिकरणले अन्तरिक बढुवाको लागि समेत सूचना प्रकाशित गरेको छ । थप जानकारीको लागि प्राधिकरणको पदपूर्ति ०१-४१५३०६५ वा ०१-४१५३०६४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved