नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ६८ कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिक समुह अन्तर्गतको एभियशन फायर सर्भिसेस र एयर त्रिक सर्भिसेसमा करारमा कर्मचारी माग गरेको हो ।
प्राधिकरणले एयर ट्राफिक सर्भिसेसमा ३८ जना माग गरेको छ भने स्नातक उतिर्ण भई प्राधिकरणको तालिम लिएको हुनु पर्ने उल्लेख गरिएको छ । त्यस्तै फायर सर्भिसेस तर्फ एसएलसी पास गरी अग्नि समबन्धि आधारभुत तालिम लिएको हुनु पर्ने उल्लेख छ ।
इच्छुकले १५ दिन भित्र आवेदन दिनु पर्ने छ ।