यस वर्ष नायब सुब्बा र खरिदार पदको विज्ञापन नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 05:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले यस वर्ष नायब सुब्बा र खरिदार पदको विज्ञापन नखुलाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति सम्बन्धि माग स्थगित गर्ने निर्णय गरेसंगै यस बर्ष नायब सुब्बा र खरिदार पदको थप विज्ञापन नखुल्ने भएको हो । 

मन्त्रालयले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय,  मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय, आयोग . बोर्ड, प्रदेश प्रमुख कार्यालय, जिसस कार्यालय र सबै स्थानीय तहमा पदपूर्ति सम्बन्धि माग स्थगित गर्न निर्देशन दिएको छ । मन्त्रालयले हाल संघ र स्थानीय तहमा कर्मचारी समायोजनको काम भईरहेको र तत्काल नै थप माग आउँदा दोहोरिन सक्ने भई समायोजनमा कठिन हुने भएकोले पदपूर्ति सम्बन्धि माग स्थगित गर्न निर्देशन दिएको हो ।  समायोजन कार्य केहि समय लम्बिने र अर्को सूचना जारी नभएसम्मको मन्त्रालयले माग स्थगित गर्न निर्देशन दिएसंगै लोक सेवा आयोगले विज्ञापन नखुलाउने भएको हो।  

लोकसेवा आयोगले कार्यालयबाट पदपूर्तिको लागि माग गरेपछि मात्र कर्मचारी भर्नाको लागि विज्ञापन खुलाउने गरेको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved