एनआईसी एसिया बैंकले माग्यो ७ वटै प्रदेशमा कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 09:55:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले ७ वटै प्रदेशमा नयाँ कर्मचारी माग गरेको छ । बैंकले हरेक प्रदेशमा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । बैंकले सो पदमा हरेक प्रदेशमा केहि कर्मचारी आवश्यक परेको उल्लेख गरेको छ ।

बैंकका अनुसार यो इन्ट्री लेभलको पोजिसन हो । तोकिएको अवधि सफलतापुर्वक सम्पन्न भएपछि आफुले चाहेको स्थानमा खटाउने बैंकले जनाएको छ ।

बैंकले योग्य तथा इच्छुकहरुलाई अप्रिल १८ तारिखसम्ममा आवेदन दिन आग्रह गरेको छ । बैंकले मेरोजब मार्फत आवेदन दिन सकिने जनाएको छ ।

आवेदन दिनको लागि न्युनतम ५० प्रतिशत अंक वा न्युनतम २.५ सीजिपीए ल्याई ब्याचलर्स तहसम्म उतिर्ण गरेको हुनु पर्ने छ । आवेदन दिने मितिमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved