एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर, अनलाइनबाटै तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 11:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन खुला गरिएको शिखर इन्स्योरेन्सले जनाएको छ। 

उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ। 

यसपटकका लागि खुलाइएको अभिकर्ताका लागि आवेदन दिने अन्तिम मिति बैशाख १७ गते साँझ ५ बजेसम्म रहेको जनाईएको छ। अभिकर्ता बन्न चाहनेले [email protected] मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले जनाएको छ। 

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो ।

यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिने कम्पनीले जनाएको छ। यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट मार्फत पनि लिन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved