त्रि.वि अस्पतालमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 09:53:15 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रि.वि शिक्षण अस्पतालले टेलिमेडिसिन सञ्चालनका लागी स्वास्थ्य सहायक (Health Assistant)  पदमा २ जनाको पदपूर्तिका लागी दरखास्त आह्वान गरेको छ । ०७८ वेशाख २१ गतेको गोरखापत्रमा पहिलो पटक सुचना सार्वजनिक गर्दै अस्पतालले विश्व स्वास्थ्य संगठनको आर्थीक सहयागमा ६ महिनाका लागी मात्र करार सेवामा दरखास्त आह्वान गरेको हो । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उर्तिण गरी कम्प्युटरमा दक्षता हाँसील गरेका ईच्छुक नेपाली नागरीकहरुले सुचना प्रकाशीत भएको मितिबाट ७ दिनभित्र त्रि.वि शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नं. ०६५४४०ब् मा परीक्षा दस्तुर बापत रु १५००| जम्मा गरेको सक्कल बैंक भौचर सहित आवेदन फाराम भर्न सकिने अस्पतालले जनाएको छ । 

आवेदन फारामसँग संम्लग्न गर्नुपर्ने कागजातहरु 

१‍ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु 

२‍ नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपी 

३‍ नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको प्रमाणपत्रका प्रतिलिपी ।

४‍ विदेशमा अध्ययन गरेककाहरुको शैक्षिक योग्यताको स्तर निर्धारण गरिएको प्रतिलिपी 

५‍ पासंपोर्ट साइजको २ प्रति फोटो 

६‍ नगद जम्मा गरेको सक्कल बैंक भौचर 

७‍ उमेरको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको 

८‍ सम्पर्क मिति : आवेदन फाराम बुझाउने अन्तिम दिनको भोलिपल्ट 

९‍ परिक्षा मिति : सम्पर्क मितिमा तोकिनेछ ।    

विस्तृत जानकारीको लागी अस्पताल प्रशासनमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved