राष्ट्र बैंकले माग्यो ८३ कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 09:17:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एक साथ ८३ कर्मचारी माग गरेको छ । बैंकले सहायक निर्देशक र सहायक गरि ८३ पदमा दरखास्त आह्वान गरेको हो । 

बैंकले सहायक निर्देशक (अधिकृत तृतीय)मा ४५ जना, सहायक निर्देशक (अधिकृत तृतीय) लेखा/लेखापरीक्षणमा ६ जना, सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानुनमा २ जना, तथा सहायक (सहायक द्वितीय)मा २५ जना कर्मचारी माग गरेको छ । यी सबै प्रशासन तर्फका हुन् । त्यस्तै राष्ट्र बैंकले प्राविधिक तर्फ ५ जना सहायक निर्देशक (अधिकृत तृतीय) सूचना प्रविधिमा माग गरेको छ । 

राष्ट्र बैंकले योग्य तथा इच्छुक उम्मेदवारलाई आज मङ्सिर २४ गतेदेखि राष्ट्र बैंकको वेबसाइट मार्फत पुस १५ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर पुस २२ गतेसम्म आवेदन दिन सकिने छ 

आवश्यक न्यूनतम शैक्षिक योग्यता :

(क) सहायक निर्देशक विज्ञापन नं. १३/२०७८ पदको लागि : मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा
स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ख) सहायक निर्देशक (लेखा/लेखा परीक्षण) विज्ञापन नं. १४/२०७८ पदको लागि : मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्ट
संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी (CAIACCA/CPA) परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ग) सहायक निर्देशक (बाणिज्य कानून) विज्ञापन नं. १५/२०७८ पदको लागि : मान्यताप्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर परीक्षा उत्तीर्ण
गरेको वा अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कानून विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।

(घ) सहायक निर्देशक (सूचना प्रविधि) विज्ञापन नं. १६/२०७८ पदको लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ङ) सहायक (सहायक द्वितीय) विज्ञापन नं. १७/२०७८ पदको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको
परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

उमेरहद 

(क) सहायक निर्देशक पदका लागि दरखास्त दिने अन्तिम मिति (२०७८/०९/१५) सम्ममा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला
उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

(ख) सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०७८/०९/१५) सम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला
उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।

(ग) राष्ट्र बैंकको वहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved