राष्ट्रिय भूमि आयोगले माग्यो १९९ कर्मचारी, के-के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 09:27:17 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय भूमि आयोगले १९९ जना कर्मचारी माग गरेको छ। आयोगले  सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो ।

आयोगले १२६ जना सर्भेक्षक र ७३ जना अमिन नागा गरेको हो । इच्छुक र योग्य व्यक्तिलाई ७ दिन भित्रमा आवेदन दिन आयोगले आग्रह गरेको छ । 

थप जानकारी : 

१) परीक्षाको किसिम : अन्तर्वार्ता ।

२) कार्यक्षेत्र : आयोगले तोके अनुसार ।

३) आवेदकको उमेरको हद : आवेदन दिने अन्तिम मितिसम्ममा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर, नेपाल इन्जिनियरिङ
सेवा सर्भे समूह अन्तर्गत निजामती तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।

४) दरखास्त पाइने स्थान : राष्ट्रिय भूमि आयोगको वेबसाइट www.nic.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

५) दरखास्त बुझाउने स्थान : राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौं ।

६) आवेदन दिने अन्तिम मिति : २०७८/१२/०१ गते कार्यालय समयभित्र ।

७) संलग्न गर्नु पर्ने आवश्यक कागजातहरू : आवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, अनुभव कागजातको प्रतिलिपि, तालिमको प्रमाण-पत्रको प्रतिलिपि । (प्रतिलिपि कागजातहरु अनिवार्य रूपमा उम्मेदवार स्वयम्ले प्रमाणित गरिएको हुनु पर्नेछ ।)

८) पारिश्रमिक तथा सेवा सुविधा : नेपाल सरकारले तोकेको सो पदका स्थायी कर्मचारीको सुरु तलब स्केल सरह ।

९) शैक्षिक योग्यता:

(क) सर्भेक्षक पदको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी वा सो सरह उत्तीर्ण गरी Survey वा Geomatics विषय लिई ३ वर्षे प्रविणता प्रमाण-पत्र तह सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान (भौतिक विज्ञान समूह) वा भूगोल विषय लिई प्रमाण-पत्र तह वा १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्तीमा १ वर्षको जुनियर नापी तालिम गरेको हुनु पर्नेछ।

(ख) अमिन पदको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.ई.ई. मा कम्तीमा सी ग्रेड प्राप्त गरेको वा एस.एल.सी वा सो सरह उत्तीर्ण गरी Survey वा Geomatics विषयमा कम्तीमा १ वर्षको तालिम प्राप्त गरेको हुनु पर्नेछ ।

१०) करार अवधि : २०७९ असार मसान्तसम्म।

११) परीक्षा दस्तुर : सर्भेक्षकको हकमा रु.४००/-(अक्षरेपी चार सय मात्र) र अमिनको हकमा रु.३००/- (अक्षरेपी तीन सय मात्र) राष्ट्रिय भूमि आयोगको कार्यालयमा बुझाउनु पर्नेछ ।

१२) अन्तर्वार्ता मिति : आयोगको वेबसाइट www.nlc.gov.np मा प्रकाशित गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved