चुनावको मुखमा डेढ सय बढी कर्मचारी भर्ना गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 09:56:54 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चुनावको मुखमा ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । परियोजना अन्तर्गतको परियोजना ब्यबस्थापन एकाईले १५२ जना जनशक्ति माग गरेको हो 

एकाइले कृषि प्राविधिक पदहरु “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सेवा करारमा कृषि प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि, २०७८” बमोजिम प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्न लागेको हो । एकाईले ३६ जना कृषि अधिकृत, ७ जना पशु विकास अधिकृत, ८२ जना नायव अधिकृत सहायक र २७ जना नायव प्रशुसेवा प्राविधिक गरि कुल १५२ जनालाई करारमा भर्ना गर्न लागेको हो ।

 एकाईले  योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गर्दै असोज ५ गतेभित्र आवेदन दिन आग्रह गरेको छ। थप जानकारीको लागि एकाईको वेबसाइट त्तहा फेसबुक पेज हेर्न सकिने एकाईले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved