नेपाली सेनाले ४ हजार जनाको लागि जागिर खुलायो, ८ कक्षा पास भएका योग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 08:36:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले देशका विभिन्न २८ वटा ब्यारेक तथा गुल्मबाट भर्ना गर्ने गरी सैन्य जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरेको हो  ।

खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । 

आज भदौ २४ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असोज २४ देखि असोज ३० सम्म आवेदन दिन सकिने छ। आवेदन शुल्क १५० रुपैयाँ रहेको छ ।  १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।  

पुरुषको हकमा उचाई ५ फिट ३ इन्च हुनु पर्ने छ भने महिलाको हकमा उचाई ५ फिट हुनु पर्ने छ । पुरुषको हकमा छाती फुलाउँदा ३४ इन्च र नफुलाउँदा ३२ इन्च हुनु पर्ने छ ।  पुरुषको हकमा तौल ५० केजी र महिलाको हकमा न्युनतम तौल ४० केजी हुनु पर्ने छ । बहालवाला सैनिक भएमा बाहेक अविवाहितहरुले मात्र आवेदन दिन सक्ने छन् । 

आवेदन दिनको लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ । कक्षा ९ र १० उत्तीर्ण हुनेहरुले पनि कक्षा ८  उत्तीर्णको शैक्षिक योग्यताको प्रमाण-पत्र अनिवार्य रुपमा बुझाउनु पर्ने छ र कक्षा ८ उत्तीर्णको प्रमाण-पत्रमा न्यूनतम 2 GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने ब्यबस्था सेनाले गरेको छ ।  एस.एल.सी./एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गर्नेहरुले पेश गरेको प्रमाण-पत्रहरु मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाण-पत्रमा न्यूनतम 2 GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । साथै, यस बमोजिम प्रमाण-पत्र पेश गर्ने उम्मेदवारहरुले एस.एल.सी./एस.ई.ई. सहित हासिल गरेको सबै शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि बुझाउनु पर्ने सेनाले उल्लेख गरेको छ ।

Image

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved