१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो, यसअघि काम गरेकालाई प्राथमिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 08:21:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलेको छ । 

नेपाल प्रहरीको प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले आइतबार एक सूचना प्रकाशित गर्दै म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरूलाई प्राथमिकता दिइने छ ।

पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी.भएको तथा गर्भवती नरहेकाहरुले आवदेन दिन सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved