आलोचनापछि भ्रमण वर्ष सचिवालयले हटायो यती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 11:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० को मुख्य मस्कटका रुपमा राखिएका यतीको मूर्ती हटाईएको छ । भ्रमण वर्ष सचिवालयले हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्धमा राखिएका यतीको मस्कट हटाएको हो ।

यतीको मस्कटमा कुँदिएका चित्र र यतीको स्वरुपबारे नै प्रश्न उठेपछि सचिवालय हटाउन बाध्य भएको हो । भ्रमण वर्षका अवसरमा नेपालमा यती (हिममानव) पाइन्छ भन्ने सन्देश फैलाउन सरकारले यतीलाई मस्कटका रुपमा प्रयोग गरेको थियो । एउटा यती बनाउन ८ लाख खर्च भएको सचिवालयले जनाएको छ । १०८ यती बनाउन १० करोड रुपैयाँ छुट्याइएको छ ।

यतीको पाइला ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको हुने भनिएपनि यो विश्वमै दुर्लभ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved