जानाजान १०० भन्दा बढी बिरामी मार्ने यी नर्स चिन्नुहोस्

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 08:46:58 AM मा प्रकाशित

laxmi  sunrise bank

जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् । 

अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजिवन काराबासको सजायँ पाएका एकचालीस बर्षीय पूर्व नर्स होएगेलले आफूले जानानान औषधीको अधिक मात्र बिरामीलाई दिएका बताएका छन् । बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफुले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन् । स्वास्थ्य कानूनले उक्त कार्यलाई अवैध मान्छ । 

उत्तरी शहर ओल्डेनबर्गमा सुनुवाईको पहिलो दिन न्यायाधीस सेवास्टियन बुहेरम्यानले के उनीमाथि लगाइएको आरोपहरू सही हुन् भन्ने जिज्ञासामा होएगेलले उक्त दावी सही भएको बताए । दर्जनौँ मैले जे भने त्यो भएको हो, उनले मृतकका दर्जनौँ शोकमग्न आफन्तहरूले भरिएको अदालतको कोठामा भने । 

पिडितहरूको एक मिनेट लामो निशब्दतापछि दारीवाल होएगेलले धैर्यसाथ सुन्दै आफ्नो टाउको झुकाएका थिए । जब सरकारी अभियापनकर्ता डानियला स्कीरेक बोहलम्यानले अस्पतालको लापर्बाहीका कारण मारिएका सबैको नाम पढेर सुनाएका थिए । 

अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबगस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो । होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका १३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । 

हत्या दावी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमति बिना नै अस्पतालले मारेको दावी गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved