भ्रष्टाचार मुद्दामा फिजीका पूर्वप्रधानमन्त्रीलाई १ वर्ष जेल सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 04:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

फिजीका पूर्वप्रधानमन्त्री फ्र्याङ्क बाइनिमारामालाई भ्रष्टाचार मुद्दामा एक वर्षको जेल सजाय तोकिएको छ ।

भ्रष्टाचार मामिलामा प्रहरी अनुसन्धानमा अवरोध गरेपछि उनले सो सजाय पाएका हुन् । 

७० वर्षिय उनी फिजीका हाई प्रोफाइल राजनीतिज्ञमध्ये एक हुन् । सन् २०२२ अघिसम्म १५ वर्ष उनी प्रधानमन्त्रीका रुपमा थिए । अन्तरराष्ट्रिय मञ्चमा उनी प्रशान्त महासागरका कमजोर देशहरूका लागि जलवायु परिवर्तन कार्यका लागि लबिङ गर्ने प्रमुख प्रतिनिधि पनि थिए।

बिहीबार अदालतले फैसला सुनाएपछि उनीलाई हतकडी लगाएर लगिएको थियो । विश्व विद्यालयमा भएको ठगी कान्डमा प्रहरी छानबिनमा खलल उत्पन्न गराएको भन्दै गत उनीमाथि अभियोग चलाइएको थियो ।

उनले भने आफू दोषी नभएको बताउँदै आएका छन् । पूर्व सैन्य कमाण्डर समेत रहेका उनीले सन् २००६ मा रक्तपात विहिन कूद्वारा फिजीमा पहिलो पटक सत्ता कब्जा गरेका थिए। बीबीसी

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved