भारतीय भाषणवाज कन्हैया कुमार पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 02:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका वामपन्थी युवा नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमार पक्राउ परेका छन् । बिहीबार कन्हैयालाई प्रहरीले पक्राउ गरेको हो । आफ्ना समर्थकका साथ गान्धी स्मारक संग्रहालय गईरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । कन्हैयाले समाजिक सञ्जाल ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् । 

कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ । जसरी सरकारले विना जानकारी हिजो राति क्यान्सिल गरिदियो । अब स्वास लिन पनि अनुमति लिनुपर्ला । प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर । हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो । प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन ।’

विवादित नागरिकता ऐनको विरोधमा एक महिने विरोध यात्रा गर्ने र ५० वटा आमसभा गर्ने तयारीमा रहेका भाषणवाजको युवा नेता कन्हैया कुमारलाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved