आफ्ना नागरिक फर्काउन भारतको विशेष जहाज चीन उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 12:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले चीनमा रहेका आफ्ना देशका नागरिक फीर्ता ल्याउन बोइङ ७४७ जहाज पठाउने तयारी पूरा छ । ४ जना पाइलट, १५ क्याबिन क्रिउ, ३ इन्जिनियर, ५ जना व्यवसायिक कर्मचारी र २ जना सुरक्षाकर्मीसहित भारतले एयर इन्डियाको जहाज चीन पठाउने तयारी पूरा गरेको हो । चीन पठाउने जहाज मुम्बईबाट अहिले दिल्ली आईपुगेको छ । 

जहाज दिल्लीबाट १२ः५० बजे चीनको हुवान प्रान्तमा उड्ने र शनिबार बिहान २ः०० बजे दिल्ली फर्किने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्ली र हुवानको उडान करिब ४५ मिनेटको हुने र राती १०ः०० बजे एयर इन्डियाको जहाज हुवानमा अवतरण हुनेछ । 

भारतले ४२३ सिट क्षमताको जहाज पठाउने तयारी पूरा गरेको भारतले ३८० जनाभन्दा बढीलाई एकैपटक फीर्ता ल्याउने दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved