दिल्ली सरकारले सबै रिक्सा र ट्याक्सी चालकलाई ५ हजार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2020 | 08:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको दिल्ली सरकारले ट्याक्सी र रिक्सा चालकहरुलाई नगद रकम सहयोग गर्ने भएको छ । त्यहाँको सरकारले कोरोनाको कारण प्रभावित परेका चालक मजदुरहरुलाई राहत स्वरुप नगद वितरण गर्न लागेको हो। 

दिल्ली सरकारले त्यहाँका अटो रिक्सा, ट्याक्सी, ग्रामिण सेवा, फटफट सेवा, म्याकसी क्याब, इको फ्रेन्डली सेवा, ई रिक्सा र विद्यालयका क्याब चालकलाई राहत विवतरण गर्न लागेको हो । यी चालकहरुले एक पटकको लागि ५ हजार रुपैयाँ पाउने भएका हुन् 

लाईसेन्स प्राप्त र अनुमति प्राप्त चालकलाई यो रकम वितरण गरिने रकम सिधै बैंक खाता हालिदिने दिल्ली सरकारले जनाएको हो । यसको लागि दिल्ली सरकारले अप्रिल १३ तारिख देखि आवेदन खुलाउने जनाएको हो । अनलाइनबाट पनि आवेदन दिन सकिने जनाईएको छ 

भारतमा लकडाउन सुरु भएपछि यी सबै सेवा ठप्प छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved