कोरोनाबाट अमेरिकामा २० हजार बढीको मृत्यु, एकै दिन थपिए ३० हजार संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 09:27:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । शनिवार एकै दिन १८३० जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार नाघेको हो । 

यो समाचार तयार पार्दासम्म अमेरिकामा २० हजार ५ सय ७७ जनाले ज्यान गुमाएका छन् । यस संगै अमेरिका कोरोनाबाट सबै भन्दा धेरै नागरिक गुमाउने देश बनेको छ । मृतकको संख्याको आधारमा अमेरिकाले इटालीलाई उछिनेको हो । इटालीमा मृतकको संख्या १९ हजार ४ सय ६८ रहेको छ । त्यस्तै हालसम्म स्पेनमा १६ हजार ६ सय ६, फ्रान्समा १३ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । 

अमेरिकामा संक्रमितको संख्या ५ लाख ३२ हजार नाघेको छ । शनिवार मात्रै अमेरिकामा ३० हजार बढीमा संक्रमण देखिएको छ । 

विश्वभर संक्रमितको संख्या १७ लाख ८० हजार नागेको छ भने ति मध्ये ४ लाख ४ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म विश्वभर कोरोनाको कारण १ लाख ८ हजार ८ सय २८ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved