४ लाख बढी कोरोना संक्रमित निको भए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 11:11:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका चार लाखभन्दा धेरै संक्रमित उपचार पश्चात निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वभर चार लाख ४ हजार ४९१ संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाख ८० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

चीनमा अहिलेसम्म करिब ८३ हजार संक्रमित रहेकामा ७७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । जर्मनीमा हालसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved