चीनको केन्द्रीय बैंकले किन्यो भारतीय कम्पनीको १ प्रतिशत बढी शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 05:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको केन्द्रीय बैंकले एक भारतीय कम्पनीको १ प्रतिशत भन्दा बढी शेयर खरिद गरेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाईनाले भारतको हाउसिङ डेभलपमेन्ट कर्पोरेसन इण्डिया (एचडिएफसी) को १.०१ प्रतिशत शेयर खरिद गरेको हो । 

कम्पनीका अनुसार बैंकले कम्पनीको १ करोड ७५ लाख कित्ता शेयर खरिद गरेको हो । भारतमा कुनै पनि व्यक्ति वा संस्थाले कुनै कम्पनीको १ प्रतिशत वा सो भन्दा बढी शेयर खरिद गरे त्यसको सार्वजनिक जानकारी दिनु पर्ने नियम छ ।  सो संगै कम्पनीले आफ्नो १ प्रतिशत बह्न्दा बढी शेयर उक्त बैंकले खरिद गरेको जानकारी दिएको हो ।  कम्पनीका अनुसार बैंकसँग यस अघि नै कम्पनीको ०.८ प्रतिशत शेयर स्वामित्व थियो ।

कम्पनीले कुनै पनि केन्द्रीय बैंकले यसरी शेयर खरिद गर्नु नौलो नभ्याएको बताएका छ ।  कम्पनीका अनुसार विभिन्न देशका केन्द्रीय बैंकहरुले स्वायत्त वेल्थ फण्ड (sovereign wealth funds) को तर्फबाट यसरी शेयर खरिद गर्ने गरेका छन्। कम्पनीले साउदी अरेबिया र सिंगापुरले यसरी एचडिएफसीको शेयरमा लगानी गरेको जनाएको छ । 

केहि समय आगाडी मात्र कम्पनीको शेयर मूल्य ३२ प्रतिशतसम्मले घटेको थियो । घटेको बेलामा केन्द्रीय बैंकले शेयर खरिद गरेको अनुमान छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved