काश्मिरमा भारतीय र पाकिस्तानी सेनाबीच झडप, ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2020 | 12:00:43 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र पाकिस्तानको सीमा क्षेत्र काश्मिरमा दुई देशका सेनाबीच झडप हुँदा तीन जनाको ज्यान गएको भारतले दाबी गरेको छ । भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले एक विज्ञप्ति जारी गर्दै कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा झडप हुँदा एक महिलासहित तीन जनाको ज्यान गएको दाबी गरेका छन् । 

भारतीय सेनाले पाकिस्तानी सेनासँग नियन्त्रण रेखामा एक हप्तासम्म झडप भएको र पाकिस्तानी सेनाले आइतबार मोटार आक्रमण गरेको दाबी गरेपनि पाकिस्तानी सेनाले भने त्यसको खण्डन गरेको छ । पाकिस्तानी सेनाले सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लङ्घन गरेको आरोप लगाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved