चीनमा हप्तौँपछि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 12:57:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ। जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ।

आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्। भाइरस सुरुमा देखापरेको हुबे प्रान्तमा नयाँ सङ्क्रमितको सङ्ख्या एकदमै कम रहेको छ तर त्यहाँ थप दुईजनाको मृत्यु भएको बिबिसीले लेखेको छ।

साङ्घाइमा रहेका बीबीसीका संवाददाताले सङ्ख्या कम रहे पनि बढ्न थालेको सङ्केत भने राम्रो समाचार नभएको जनाएका छन्।

अमेरिकामा के छ अवस्था ?

अहिलेसम्म विश्वभर १८ लाख मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। चीनभर अहिलेसम्म ८३,१३५ जना सङ्क्रमित छन् भने सबैभन्दा बढी मानिस सङ्क्रमित रहेको अमेरिकामा त्यो सङ्ख्या पाँच लाख ५७ हजार नाघिसकेको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि अस्पतालमा भर्ना हुन आउने मानिसको दर घटेको बताए।अमेरिकामा कोरोनाभाइरसका कारण २२ हजार मानिसको मृत्यु भइसकेको छ।

युरोपमा लकडाउन खुकुलो पारिँदै

उता कोरोनाभाइरसका कारण धेरै सङ्क्रमित रहेका युरोपेली मुलुकहरूमा दैनिक मृत्यु हुनेमा सुधार देखिएपछि ती देशमा लकडाउनलाई केही खुकुलो पार्न थालिएको छ।इटलीमा तीन हप्ता यता सबैभन्दा कम अर्थात्‌ ४३० जनाको मृत्यु भएको छ।

यो सङ्ख्या दुई हप्ताअघिको भन्दा आधाले कम हो। त्यतिबेला कोरोनाभाइरस महामारी उच्च विन्दुमा थियो। फ्रान्समा मृत्यु हुनेहरूको सङ्ख्या थोरैले कम देखिएको छ।सङ्क्रमण दर मत्थर देखिन थालेपछि रोम र मड्रिडका सरकारहरू अर्थतन्त्र व्यूँताउन उत्सुक देखिन्छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved