भारतमा लकडाउन थप १९ दिन लम्बियो, नेपालमा कहिलेसम्म ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 10:40:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा लकडाउनको अवधि थप भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख २१  (मे ३ तारिख) सम्म लकडाउन कायम गर्ने घोषणा गरेका हुन् ।  भारतमा एकैपटक ३ साता लकडाउन अवधि थप गरिएको हो।

भारतमा अवधि थप भएसंगै नेपालमा पनि कहिलेसम्म लकडाउन हुन्छ भन्ने चाँसो बढेको छ। यद्दपी सरकारले आज बस्ने मन्त्रीपरिषदको बैठकबाट बैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गर्ने स्रोतको दाबि छ।

स्रोतकाअनुसार भारतमा जहिलेसम्म लकडाउन रहन्छ नेपालले पनि त्यहिले सम्म लकडाउन गर्ने रणनीति अपनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको मनस्तिथि रहेको छ। यसअर्थमा सम्भवत: नेपालमा पनि बैशाख २१ गते सम्म लकडाउन लम्बिने अनुमान गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved