भारतीय बैंकहरुले लाभांश बाड्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 12:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय केन्द्रीय बैंकले बैंकहरुलाई लाभांश घोषणामा रोक लगाएको छ । कोरोना भाइरसका कारण निम्तिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले बैंकहरुलाई लाभांश  वितरणमा रोक लगाएको हो ।  केन्द्रीय बैंकका गभर्नर शान्तिकान्त दासले अर्को आदेश नभएसम्म बैंकहरुले नाफाबाट लाभांश वितरण गर्न नपाउने बताएका हुन । 

आरबिआईले बैंकहरुको लागि अन्य प्याकेज पनि घोषणा गरेको छ ।  जस अनुसार केन्द्रीय बैंकले एनएबिएआरडि, एसआईडिबिआई, एनएचबि लगायतका वित्तीय संस्थाहरुलाई ५० हजार करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यस्तै केन्द्रीय बैंकले लिक्वीडिटी कभरेज रेसियोलाई १०० प्रतिशतबाट ८० प्रतिशतमा झारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved