भारतमा २ लाख ७६ हजार बढीमा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 10:13:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको छ ।

त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या २७९ रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यससंगै कुल मृतकको संख्या सात हजार ७४५ पुगेको छ भने एक लाख ३५ हजार २०६ जना सङ्क्रमण मुक्त भइसकेका छन् ।  

भारतमा अहिलेसम्म कुल सङ्क्रमितमध्ये एक लाख ३३ हजार ६३२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन् भने दोस्रो धेरै सङ्क्रमित भएको प्रदेश तमिलनाडु रहेको छ। 

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४९ लाख १६ हजार ११६ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved