कति छ भारतीय प्रधानमन्त्री मोदीको सम्पति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 10:07:32 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन्। मोदीले मन्त्रिपरिषदका अन्य सदस्य संगै आफ्नो पनि सम्पति विवरण सार्वजानिक गरेका हुन् ।

सार्वजनिक गरिएको विवरण अनुसार मोदीको कुल सम्पति २.८५ करोड रहेको छ । अघिल्लो वर्ष उनको सम्पति २.४९ करोड रहेकोमा यस वर्ष बढेर २.८५ करोड पुगेको हो ।  

७० वर्ष पुगेका मोदीले कुनै पनि ऋण नरहेको उल्लेख गरेका छन् । मोदीले जुन महिनाको अन्तिममा आफुसँग ३१ हजार ४ सय ५० क्यास  रहेको बताएका छन् । त्यस्तै एसबिआई बैंकमा रहेको खातामा ३ लाख ३८ हजार १ स७ ७३ रुपैयाँ र  एसबिआई मै मुद्दती खातामा  १ करोड ६० लाख २८ हजार ३९ रुपैयाँ रहेको उल्लेख गरेका छन् । 

उनले आफुसँग ४५ ग्रामका ४ वटा सुनको औठी रहेको र तिनको मूल्य १ लाख ५१ हजार ८ सय ७५ रहेको उल्लेख गरेक छन् । उनले आफुले कुनै पनि शेयरमा लगानी नगरेको बताएका छन् । उनले गान्धीनगरमा १.१ करोड बराबरको घर र जमिन रहेको विवरण सार्वजनिक गरेका हुन् । यी सम्पति परिवारको नाममा रहेको उनले बताएका छन् ।

उनले आफुसँग कुनै पनि बाइक वा गाडी नरहेको उल्लेख गरेका छन् । त्यस्तै उनले  लाइफ इन्स्योरेन्स, नेशनल सेभिंग सर्टिफिकेट, इन्फ्रास्ट्रकचर बोन्डको योजनामा समावेश भएको उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved