विश्वकपको उद्घाटन खेल हुने रंगशालामा नेपाली कामदारको फोटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 08:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकपको तयारिको नेतृत्त्व गरिरहेको कतारको संस्थाले रंगशाला निर्माणमा योगदान दिने मजदुरहरुलाई नयाँ शैलीबाट उच्च सम्मान व्यक्त गरेको छ। विश्वकपको तयारीको नेतृत्त्व गरिरहेको सुप्रिम कमिटी फर डेलिभरी एससीले अल बयत नामको रंगशाला निर्माणमा योगदान गरेका मजदुरहरुको फोटोलाई डिजाइनमा समावेश गरेर उच्च सम्मान दिएको हो। 

कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेल हुने उक्त रंगशालाको डिजाइनमा मजदुरहरुको फोटो सामेल गरिएको छ। अरब मुलुकहरुमा प्रयोग गरिने परम्परागत टेन्ट जस्तो देखिने डिजाइनमा नेपाली सहितका मजदुरहरुको फोटो राखिएको छ। 

परम्परागत टेन्ट शैलीमा निर्माण गरिएको डिजाइनमा राखिएका मजदुरहरुको फोटोले रंगशालाको दृश्यमा एक असाधारण अनुभव दिलाउने र यसले रंगशाला पुग्ने जो कोहिको ध्यानाकर्षण गर्ने अपेक्षा गरिएको छ। 

विश्व स्तरीय रंगशालाको उद्घाटन आउने महिनामा गरिने र विश्वकपको उद्घाटन खेलको लागि यो रंगशाला तय भईसकेको कतार ट्रिब्युन ले जनाएको छ। विश्वकप तयारीमा जुटेको उच्च समिति एससी ले ६० हजार सिट सहित खेल मैदान पहिल्यै नै निर्माण सम्पन्न गरिसकेको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved