फाइजरले बनाएको कोरोनाको खोपले पहिलो पटक पायो प्रयोगको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 01:39:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटेनले फाइजर कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्दको खोपको प्रयोगको लागि अनुमति दिएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएले फाइजर र बायोटेक कम्पनीले संयुक्त रुपमा बनाएको खोपले कोरोनाबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने भएको अनुमति दिइएको बताएको हो । 

यस संगै फाइजरको खोप प्रयोगको लागि अनुमति दिने ब्रिटेन पहिलो देश बनेको छ । यस संगै अब केहि दिन मै ब्रिटेनका नागरिकलाई यो खोप लगाउन थालिने भएको छ । ब्रिटेनले ४ करोड वटा खोप माग गरिसकेको छ । हरेक व्यक्तिलाई २ पटक खोप दिईने भएकोले २ करोड नागरिकलाई खोप लगाईने भएको छ । 

फाइजरले १० महिना मै कोरोनाको खोप बनाएको हो । सामान्यतया कुनै पनि रोगको खोप बनाउन १ दशकसम्म लाग्ने गरेकोमा फैजरले १० महिनाको छोटो अवधि मै खोप बनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved