कति खतरनाक छ बेलायतमा देखिएको फरक खालको कोरोना भाइरस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 01:33:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतमा नयाँ किसीमको कोरोना भाइरसबाट धेरै मानिसहरु बिरामी भएका छन्। यस कारण कोरोनाको महामारी पश्चात बेलायतमा एकै दिन संक्रमित हुनेको संख्याले नयाँ रेकर्ड बनाएको छ। 

बेलायतमा फरक किसिमको कोरोना भाइरस देखिएपछि विश्वका धेरै देशहरुले आफ्ना नागरिकहरुलाई बेलायत आउँन जान तथा बेलायतको उडानको लागि प्रतिबन्ध लगाएका छन्। 

बेलायतभित्र पनि कोरोनाको नयाँ भाइरसका कारण अहिलेसम्मकै कडा प्रतिबन्ध लगाइएको छ भने मानिसहरुलाई बाहिर हिडडुलमा पनि प्रतिबन्ध लगाइएको छ। बेलायत सरकारका सल्लाहकारहरुले यस अघि देखिएको भन्दा अहिले देखिएको कोरोना भाइरस बढी हानिकारक हुन् सक्ने अनुमान गरेका छन्। 

तर बैज्ञानिकहरुले भने प्रत्येक भाइरसले समयको एउटा अन्तराल पश्चात आफ्नो गुण परिवर्तन गर्ने भएकाले बेलायतमा फरक किसिमको कोरोना भाइरस देखिएको प्रतिकृया दिएका छन्। 

तीन कारणले चिन्ता बढायो 

-नयाँ किसिमको यो भाइरस तिब्र गतिमा विस्तार भईरहेको छ 

-भाइरसको गुण परिवर्तन भईरहेका छन्

-केहि ल्याबमा गरिएको परिक्षणमा भाइरसले मानव शरीरको कोशीकालाई संक्रमित गर्ने क्षमता बलियो देखिएको छ


कति खतरनाक छ नयाँ भाइरस ?

बेलायतमा गत नोभेम्बरमा देखिएको भनिएको यो नयाँ किसिमको भाइरस कति खतरनाक छ भन्ने बिषयबारे अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन। अहिले यस भाइरसमाथि अध्ययन चलिरहेकाले कुन तहमा खतरनाक छ अनुमान पनि गर्न नसकिने बैज्ञानिकहरुको भनाई छ। 

तर यस भाइरसबाट परिस्थति झनै खराब हुन सक्ने र संक्रमित बढ्दै जाँदा अस्पतालहरुमा दबाब बढ्ने विश्लेषण गरिएको छ। 

नयाँ किसिमको भाइरसलाई हाल बनिरहेका खोपले काम गर्छ  ?

अहिलेसम्मको अवस्थालाई हेर्दा कोरोनाको नयाँ भाइरस बिरुद्ध पनि हाल विश्वभर बनिरहेका खोपले काम गर्ने बताइएको छ। बेलायतमा हाल यस्ता तीन खोप परिक्षण  र प्रयोगको क्रममा छन्, जसले शरीरमा रोगसँग लड्न सक्ने क्षमतालाई बढाउँछ। 

यस्तो अवस्थामा भाइरसले रुप परिवर्तन गरेपनि खोपले काम गर्ने बैज्ञानिकहरुको दाबि छ। तर क्याम्ब्रिज बिश्वबिद्यालयका प्रोफेसर रवी गुप्ताले भाइरसको रुप बदलिंदै गएको अवस्थामा अहिलेको अवस्था जटिल हुने र खोपको प्रभावकारितामाथि नै प्रश्न उठ्न सक्ने कुरालाई नकार्न नसकिने बताएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved