कोरोना खोप बेचेर यो वर्ष १४ अर्ब डलर बढी आम्दानी गर्दै फाइजर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 11:19:04 AM मा प्रकाशित

laxmi  sunrise bank

फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्रीबाट कम्पनीले १४ अर्ब डलर बढी आम्दानी गर्ने भएको छ । कम्पनीले सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी आम्दानी हुने जनाएको हो ।

कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी रहेको छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ ।”

फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारी गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ । फाईजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved