सूइज नहरमा तेर्सो परेर अड्किएको विशाल पानी जहाजलाई सिधा बनाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 02:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएको विशाल पानी जहाजलाई साविक कै रुटमा फर्काउने प्रयास सफल भएको छ ।  पानी जहाज अड्किएको ६ दिनपछि ८० प्रतिशत भाग सिधा पारिएको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् । 

अल जजिराका अनुसार जहाजलाई ८० प्रतिशत सिधा पारिएको छ। यस अघि उक्त जहाजको पछाडीको भाग किनारबाट ४ मिटरको दुरीमा रहेकोमा अहिले जहाजको पछाडीको भागलाई किनारबाट १०२ मिटरको दुरीमा पुर्याईएको छ यद्यपि अझै पनि जहाज चल्न थालेको छैन   जहाज चल्नको लागि अझै समय लाग्ने बताईएको छ  जहाज अड्किएपछि अझै पनि ४ सय भन्दा बढी पानीजहाजहरुले सो मार्ग हुदै गन्तब्यमा पुग्नको लागि पर्खिरहेका छन्  

१९३ किलोमिटर लामो यो नहरबाट यस वर्ष प्रतिदिन ५१.५ का दरले पानीजहाज ओहोरदोहोर गरेका छन्। सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए। एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुँदै आएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved