तोशिबाका सीईओले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 08:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुराष्ट्रिय व्यापारिक घराना तोशिबाका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन् । इक्विटी कम्पनी सीभीसी क्यापिटल पार्टनर्सबाट २० अर्ब डलरको खरीद बोलकबोलसम्बन्धी विवाद चर्किएका बेला जापानी बहुराष्ट्रिय व्यापारिक घराना तोशिबाका सीईओ नोबुआकी कुरुमतानीले राजिनामा दिएका हुन् । 

बोलकबोलबारेको विवादमा शेयरधनीहरुबाट चर्को आलोचना खेप्नु परेपछि उनले राजीनामा दिएका हुन् । समाचारहरुमा आए अनुसार तोशिबाको शेयर किन्न मानिसहरुको लाम देखिएपछि कम्पनीको सेयर मूल्य बढेको थियो । 

सीभीसीले तोशिबाको मूल्यांकन २० अर्ब डलर गरेर कम्पनी किन्ने प्रस्ताव गरेको थियो । यो मूल्यांकन निकै कम भएको भन्दै आलोचना हुँदै आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved