लगानीकर्ताले नलगेको लाभांशबाट ३ खर्बको फण्ड, शेयर बजारलाई स्थिरता दिन प्रयोग हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 01:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारलाई स्थिरता दिन बंगलादेशको नियामक निकायले २१० बिलियन टाका बराबरको फण्ड स्वीकृत गरेको छ । बंगालदेशको बंगलादेश सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले २१० बिलियन टाका बराबरको पुँजीबजार स्थिरीकरण कोष स्वीकृत गरेको हो। यो रकम २ खर्ब ९२ अर्ब ७१ बराबरको हो।

सुचिकृत कम्पनीहरुले घोषणा गरेको तर लगानीकर्ताले लिन बाँकि रहेको लाभांशलाई पुँजीबजार स्थिरीकरण कोषमा ल्याईएको हो । बंगलादेशको द फाइनान्सियल एक्सप्रेसका अनुसार ३३५ कम्पनीको ९.५६ बिलियन टाका नगद लाभांश र १९९.८६ बिलियन बराबरको बोनस शेयर बराबरको रकम यस कोषमा आउने छ । सुचिकृत कम्पनीहरुले दाबी पर्न नआएको लाभांह रकमलाई आफुखुसि खर्च गर्ने प्रवित्ति बढेपछि कमिशनले सबै कम्पनीको रकमलाई एकत्रित गरि बजारलाई स्थिरता प्रदान गर्न खर्च गर्ने भएको हो ।

उक्त फण्ड संचालनको लागि ११ सदस्य रहने संचालक समिति बन्ने भएको छ । संचालक समितिको अधिकांश सदस्य कमिशनले नियुक्त गर्ने छ भने बंगालदेशको २ वटा स्टक एक्सचेन्जले समान १-१ सदस्य चयन गर्ने छ । सुचिकृत कम्पनीको संघबाट १ जना, सीएहरुको संघबाट १ जना, डिपोजीटरिबाट १ जना, र सेन्ट्रल काउन्टर पार्टीबाट १ जना संचालक समिति सदस्य रहने छन् ।

सुचिकृत कम्पनीले घोषणा गरेको लाभांश ३ वर्षसम्म पनि लगानीकर्ताले नलगेमा यस कोषमा ल्याउनु पर्ने छ । यदि कुनै कम्पनीले यो नियम बमोजिम कोषमा रकम नपठाएमा जति रकम पठाउनु पर्ने थियो , हरेक महिना त्यस रकमको २ प्रतिशत जरिवाना समेत लाग्ने भएको छ । कोषले आफ्नो नाममा बैंक खाता र डिम्याट खाता खोलेर उक्त रकम र शेयरको उपयोग गर्ने छ । कोष आफैले शेयर किनबेच पनि गर्ने छ ।कोषको मुख्य उदेश्य भनेको बजारलाई स्थायित्व दिने तरलतालाई सन्तुलनमा राख्ने रहेको छ । त्यहाको राजपत्रमा नियमन प्रकाशन भय संगै यो कार्यन्वयनमा आउने बताईएको छ । 

नेपालमा भने दाबी नगरिएको लाभांश रकमलाई कम्पनी रजिष्ट्रार कार्यालय अन्तर्गत रहने लगानीकर्ता संरक्षण कोषमा पठाईने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved