मोदीको नाम लिएर अरबौं डलरको लगानी आह्वान , कम्पनीको बारेमा खोज्दा भेटियो यस्तो रहस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 11:33:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक समाचार तथा जानकारी दिने भारतको 'द इकोनिमिक्स टाइम्स' र 'टाइम्स अफ इन्डिया' को पत्रिकाको पहिलो पेजमा छापिएको अरबौ डलरको लगानीको आह्वान  गरिएको विज्ञापनले भारत लगायतका देशमा हलचल ल्याएको छ। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिधै सम्बोधन गरेर प्रचार गरिएको विज्ञापनमा कम्पनीले भारतमा ५०० अर्ब डलर लगानी गर्न चाहेको र इच्छुकले लगानी गर्न सक्ने भन्दै लगानीको लागि आह्वान गरिएको छ। 

रकमको हिसाबले  यसरी लगानीको लागि आह्वान गरिएको यो पहिलो घटना भएको त्यहाँका संचारमाध्यमले लेखेका छन्। गत बर्षसम्म भारतमा अमेरिकाको कुल लगानी नै ७ अर्ब अमेरिकी डलर रहेको छ। यससँग तुलना गर्दा यी दुई पत्रिकामा लगानीको लागि आह्वान गरिएको रकम झन्डै ७१ गुणाले बढी हो। 

भारतमा धेरै पढिने मध्यका यी दुई पत्रिकाको पहिलो पेजमा लाखौँ खर्चेर गरिएको यस विज्ञापनमा एकातर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिधै सम्बोधन गरि लगानीको लागि आह्वान गरिएको छ। अर्कोतर्फ उक्त विज्ञापनमा कम्पनीले आफ्नो बारेमा धेरै जानकारी दिएको छैन। 

विज्ञापन दिने कम्पनीको नाम लैंडमस रिएलिटी वेंचर इंक लेखिएको छ भने यसको अध्यक्ष प्रदिप कुमार एस रहेको जानकारी दिईएको छ। सबै कुरा असामान्य लागेपछि बिबिसीले यसबारे खोजतलास गर्दा कम्पनीको मुख्य कार्यलय अमेरिकाको न्यु जर्सी भएको पाइएको छ भने कम्पनीका संस्थापक, संचालक तथा सल्लाहकारहरु समेत पत्ता लागेको छ। 

यस कम्पनीको वेबसाइटमा कम्पनीका सल्लाहकार तथा संचालकमा प्रदीप कुमार सत्यप्रकाश (चेयरमैन, सीईओ), ममता एचएन (डायरेक्टर), यशहास प्रदीप (डायरेक्टर), रक्षित गंगाधर (डायरेक्टर) र गुनाश्री प्रदीप कुमार र सल्लाहकारको नाममा पामेला किओ, प्रवीण ऑस्कर श्री, प्रवीन मुरलीधरण, एवीवी भास्कर र  नवीन सज्जन रहेको उल्लेख छ। 

सामान्यतया लगानीको लागि आह्वान गर्ने कम्पनीहरुले आफ्नो बारे, कम्पनीको आर्थिक अवस्थाबारे, कम्पनीमा आबद्द व्यक्ति तथा संस्थाबारे, बिगतको उपलब्धी तथा अनुभवबारे, कम्पनीको ब्यालेन्ससिट लगायतका अन्य अति सामान्य कुराहरु वेबसाइट मार्फत जानकारी दिन्छन तर ५०० अर्ब डलरको लगानी आह्वान  गरेको यस कम्पनीले भने लगानीको निर्णय लिनुपूर्व जान्नुपर्ने तथा थाहाहुनुपर्ने न्युनतम कुराहरु समेत जानकारी दिएको छैन। 

तर कम्पनीको बारेमा खोज्दै जाँदा कम्पनीको वेबसाइट सन् २०१५ मा कर्नाटकमा बनाएको र कम्पनीलाई युनाइटेड ल्याण्ड बैंकको नाम दिईएको पाइएको छ। त्यस्तै कर्पोरेट मन्त्रालयकाअनुसार लैंडमस रिएलिटी वेंचर प्राइवेट लिमिटेडको नामबाट सन् २०१५ मा भारतको बैंगलोरमा यो कम्पनी दर्ता भएको पाइएको छ। तर यसको चुक्तापुंजी मात्र १ लाख भारु भएको भेटिएको छ। 

यसको साथसाथै यस कम्पनीको अन्तिम बार्षिक बैठक सन् २०१८ मा भएको तथ्य भेटिएको छ। खोज अनुसन्धानको क्रममा यस कम्पनीले ३१ मार्च २०१८  पश्चात आफ्नो कम्पनीको ब्यालेन्स सिटबारे कहीं कतै केहि पनि अपडेट नगरेको पत्ता लागेको छ। 

ट्विटरमा आर्थिक मामिला तथा जानकारहरुले यस विज्ञापनको मजाक गरिरहेका छन् भने यसलाई बदमासीको संज्ञा दिइएको छ। त्यस्तै केहि मानिसहरुले यस्तो जालकपट तथा दुख दिने नियतले बिज्ञापन दिने व्यक्ति तथा सँस्थालाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved