बाइडेनले लगाए ५९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 01:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले ५९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका चिनियाँ कम्पनीमाथिको प्रतिबन्धलाई निरन्तरता दिँदै थप कम्पनीमाथि पनि प्रतिबन्ध लगाएका हुन् । 

समाचार संस्था सीएनएनका अनुसार चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका कम्पनीमाथि प्रतिबन्ध लगाईएको हो । बिहीबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति बाइडेनले ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई पूर्ण रुपमा रोक लगाएको घोषणा गरेका छन् । 

बाइडेनको यो कार्यकारी आदेश अगस्ट २ देखि लागु हुनेछ । प्रतिबन्ध लगाइएका कम्पनीमा चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावे र हिकभिजन पनि रहेका छन् । चाइना मोबाइल, चाइना टेलिकम्युनिकेसन्स र चाइना युनिकममाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

गत नोभेम्बरमा तत्कालिन राष्ट्रपति ट्रम्पले ३१ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved