बंगलादेशले ल्यायो कालोधनलाई शेयरबजारमा लगानी गरेर सेतो बनाउन सकिने कानुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 04:35:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको संसदले कालोधनलाई शेयर बजारमा लगानी गरेर सेतो बनाउन सकिने प्रावधान सहितको ऐन पास गरेको छ । बंगालदेशले पास गरेको आर्थिक ऐन २०२१ मा स्रोत नखुलेको रकमलाई शेयरबजारमा लगानी गर्न सकिने ब्यबस्था गरिएको हो । 

यस्तो ब्यबस्था यस अघिको आर्थिक ऐनमा पनि रहेकोमा यसपटक पनि त्यसलाई निरन्तरता दिईएको 'द फाइनान्सियल एक्सप्रेस'ले उल्लेख गरेको छ । समाचार अनुसार स्रोत नखुलेको रकम शेयरबजारमा वा घर जग्गा खरिद गर्न वा नयाँ उद्योग खोल्नको लागि गर्न सकिने छ । 

तर स्रोत नखुलेको रकम लगानी गर्दा लाग्ने करको दर भने बढाईएको छ । यस अघि स्रोत नखुलेको रकम शेयर बजारमा लगानी गर्दा १० प्रतिशत कर लाग्नेमा अब २५ प्रतिशत कर लाग्ने ब्यबस्था गरिएको छ । त्यस्तै थप ५ प्रतिशत पेनल ट्याक्स तिर्नु पर्ने उल्लेख गरिएको छ । शेयर बजारमा गरिएको लगानी १ वर्ष अगाडी नै फिर्ता लिन चाहेमा थप १० प्रतिशत कर तिर्नु पर्ने छ । 

यसरी स्रोत नखुलेको रकम लगानी गर्दा कसैले पनि स्रोतको बारेमा प्रश्न उठाउन नमिल्ने तर कर भने नियमित रुपमा तिर्नु पर्ने ब्यबस्था ऐनमा छ ।यो अवसर सन् २०२२ को जुलाईसम्म कायम रहने छ 

आर्थिक वर्ष २०२०-२१ मा यो ब्यबस्था अनुसार स्रोत नखुलेको २८२ करोड टाका शेयरबजारमा लगानी गरेर सेतो बनाईएको द डेली स्टारले उल्लेख गरेको छ । यसबाट सरकारलाई कर वापत २८ करोड टाका थप आम्दानी भएको बताईएको छ । 

बंगालदेशमा हाल २ वटा स्टक एक्सचेन्ज छन्  ढाका स्टक एक्सचेन्ज र चिटागंङ स्टक एक्सचेन्जको आग्रहमा नै यस्तो ऐन आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ । 

नेपालमा पनि केहि उद्योगी ब्यबसायीले स्रोत नखुलेको रकमलाई एक पटकको लागि सार्वजनिक गरेर लगानी गर्न पौअनु पर्ने माग राख्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved