विमान अपहरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 05:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्ना देशका नागरिक लिन अफगानिस्तानको राजधानी काबुल पुगेको युक्रेनी विमान अपहरणमा परेको छ । आफ्ना नागरिक लिन  गएको विमान विमानस्थलबाटै अपहरणमा परेको युक्रेनले दाबी गरेको छ ।

रुसी न्युज एजेन्सी तासले युक्रेनका उपविदेशमन्त्री यवगेनी यसिनिनलाई उधृत गर्दै लेखेको समाचारमा आफ्ना नागरिक लिन काबुल पुगेको युक्रेनी विमान सशस्त्र समूहले अपहरण गरी इरानतर्फ लगेको जनाएको छ ।

तर इरानले भने विमान अपहरण भएको नभई इन्धन भर्न मसहद सहर आएको बताएको छ । 

युक्रेनका उपविदेशमन्त्री यवगेनीले भने उक्त विमान अज्ञात यात्रु लिएर इरानतर्फ गएको तर त्यसमा युक्रेनी नागरिक नरहेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved