जर्मनीमा साइकल कुरियरको कामले चर्चामा अफगानिस्तानका संचारमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2021 | 11:08:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानका मन्त्रीले जर्मनीमा साइकल कुरियरको काम गरेको बिषयले यतिखेर सामाजिक संजालमा ब्यापक चर्चा कमाएको छ। सुखद भविष्यका लागि जर्मनी जानु अगाडी सैयद सादत अफगानिस्तानका संचार मन्त्री थिए। 

अफगानिस्तानको सत्ता तालिबानले आफ्नो हातमा लिएसंगै सादत जर्मनी पुगेका हुन्। उनी हाल जर्मनीको पूर्वी शहर लिपिजिगमा डेलिभरी म्यानको रुपमा काम गरिरहेका छन। 

घर परिवारका केहि सदस्यहरुले झन्डै दुई बर्षसम्म अफगानिस्तानको मन्त्री भएर काम गरेको व्यक्तिले यस्तो काम गर्न नहुने भनिरहेपनि उनले यो काम गर्न तयार भएका हुन्। कतारबाट संचालित अलजजिरासँगको कुराकानीमा डेलिभरी म्यानको काम आफ्नो लागि एउटा जागिरको लागि जागिर भएको उनले बताएका छन्। 

आफ्नो साइकलको छेउमा सुन्तला रंगको पोशाकमा उभिएका ४९ बर्षिय बेलायत र अफगानिस्तानको दोहोरो नागरिकता भएका सादतले भनेका छन्, मसंग यसको लागि आफुलाई दोषी महसुस गर्नलाई कुनै पनि कारण छैन।'

राष्ट्रपति मण्डलका सदस्यहरुसँगको असहमतिका कारण आफुले अफगान सरकार छाडेको बताउदै उनले अरु नेताहरुलाई सोहि बाटोमा लाग्ने अपेक्षा गरेका छन्। 

"मलाई बिश्वास छ कि अरु नेताहरुपनि यहि बाटोमा हिड्नेछन्, जो लुक्नुको साट्टो जनताको लागि काम गरिरहेका छन्" उनले भने।      

तालिबानले सत्ता सम्हाले पश्चात फैलिएको अराजकतामा उनको यो घटनाले बिश्वब्यापी रुपमा नै महत्त्व पाएको छ। उनका परिवारका अन्य सदस्य तथा साथीभाई र आफन्तहरु पनि अफगानिस्तान छाड्न चाहेको उनले बताए। 

फेडरल आफिस फर माइग्रेसन एण्ड रिफयुजी को तथ्यांकका अनुसार अफगानिस्तानको सत्तामा तालिबानको आगमन पश्चात जर्मनीमा शरण लिन चाहनेहरुको सङ्ख्या बर्षको सुरुवातदेखि नै १३० प्रतिशतले बढिरहेको छ। 

बेलायत र अफगानिस्तानको दोहोरो नागरिकता हुँदा पनि उनि बिगतमा लामो समय बसेको मुलुक बेलायत जानुको साट्टो २०२० को अन्तिममा जर्मनी पुगेका हुन्।  

आर्थिक, दुरसंचार र प्रबिधिको क्षेत्रमा भविष्यमा जर्मन विश्वकै उत्कृष्ट देश बन्न सक्ने आत्मबिश्वासका कारण आफुले जर्मनी छनौट गरेको साद्तको भनाई छ।  

आफ्नो पृष्टभूमिसँग मिल्दो रोजगारीको लागि साद्तले जर्मनीमा निकै कठिनाई भोग्नुपरेको छ। त्यसको पहिलो कारण जर्मनी भाषा रहेको छ। जर्मन भाषाको अभावले गर्दा आफुले सम्बन्धित क्षेत्रमा जागिर नपाएको उनको बुझाई छ।  प्रत्येक बेलुका ६ घण्टा काम गर्नु अगाडी उनि चार घण्टा जर्मन भाषाको लागि भाषा स्कुल जाने गर्दछन।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved