अमेरिका फर्कदै गर्दा सुमारले भनिन्, 'एमसीसीबारे नेपालीमा देखिएको भ्रम चिर्न सफल भयौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 11:52:24 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका फर्केकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) कि उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणको क्रममा एमसीसी बारेको भ्रम चिर्न सफल भएको बताएकी छन्। चार दिने नेपाल भ्रमण सकेर अमेरिका फर्केकी उनले एमसीसीबारे भ्रम फैलाउन अभियान नै थालिएको तर सम्बाद र प्रश्नको उत्तर मार्फत आफुहरु एमसीसीबारे नेपालमा फैलाइएको भ्रम चिर्न सफल भएको बताएकी छन। 

आफ्नो चारदिने भ्रमणको क्रममा संसदका सदस्य, राजनीतिक दलका प्रमुख नेताहरु तथा समाजका अगुवाहरुसँग एमसीसीलाई लिएको भेट भेट निकै सकारात्मक र सौहादपूर्ण रहेको सुमारको भनाई छ। 

सबैसँगको भेट सौहाद्पूर्ण रहेको प्रतिकृया दिंदै एमसीसी सम्झौता संसदबाटै अनुमोदन गरि नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउनलाई नेपाल सरकारको अर्को कदमको पर्खाईमा रहेको सुमारको भनाई छ।

सन् २०१७ अर्थात २०७४ मा हस्ताक्षर भएको  'मिलिनियम च्यालेज कम्प्याकट' नेपालको अर्थतन्त्रमा कोशेढुंगा साबित हुने सुमारको दाबी छ। बिद्युत प्रसारण लाइन निर्माण भई विदेशमा नेपालको बिजुली बिक्रि गर्नलाई सघाउने एमसीसीको कारणले नेपालले झन्दै अहिलेको दोब्बर बिजुली उत्पादन गर्न सक्ने र यसले नेपालको जीडीपी झन्डै ८५ प्रतिशतले बढ्ने सुमारको भनाई छ।

कम्प्याक्ट सम्झौताअन्तर्गत अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान स्वरूप उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट सो कार्यक्रममा १३ करोड अमेरिकी डलर बराबरको रकम बिनियोजन गर्नुपर्ने व्यवस्था छ। 

बिनियोजन गर्नुपर्ने मध्ये सन २०१५ देखि २०२१ जुलाईसम्म आइपुग्दा एमसीसी परियोजनाले अमेरिकी सरकारबाट २ अर्ब ७९ करोड र नेपाल सरकारबाट २ अर्ब ५९ करोड गरि कुल ५ अर्ब ३८ करोड पेश्की लिएको छ। 

यस मध्ये नुवाकोटको रातमाटेमा जग्गा अधिकरणको लागि १ अर्ब ४० करोड खर्च भईसकेको छ भने  ट्रान्समिसन लाइन, बाटो, टावर, स्टेशन र सम्पूर्ण डिजाइनको फिजिबिलिटि अध्ययनमा करिब २ अर्ब खर्च भईसकेको छ।    

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved