रुसमाथि संघर्ष विराम उल्लङ्घनको आरोप, युक्रेनी भन्छन्, 'नर्क जस्तो अवस्था छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 09:57:14 AM मा प्रकाशित

laxmi  sunrise bank

रुस र युक्रेनबीचको युद्द अब ११ औं दिनमा प्रवेश गरेको छ। युक्रेनको राजधानी किएवको उत्तर पश्चिममा अवस्थित शहरहरुमा रुसी सेनाद्वारा  आक्रमण जारी छ। 

मानिसहरु उक्त शहरहरुबाट सुरक्षित स्थानमा जान कोशिस गरिरहेका छन्। केहि मानिसहरु पैदल तथा कुनै साधन मार्फत आवश्यक सामान किन्नलाई बाहिर निस्किने प्रयास गरिरहेका छन्। 

केहि मानिसहरुले रुसी सेना राजधानी किएव तर्फ बढ्ने प्रयास गरिरहेको र शनिबार पुरै रात गोलाबारी जारि रहेको बताएका छन्।   

इरपिन शहर होस्तोमेल विमानस्थलको नजिक रहेको छ। जहाँ केहि दिन पहिले रुसी सेनाले आक्रमण गरेका थिए। यो युक्रेनको राजधानी किएव तर्फ बढिरहेको रुसी सेनाको समुह नजिकको बाटोबाट पनि नजिक रहेको छ। 

संघर्षविराम उल्लंघनको आरोप

यता मारीयुपोल र वोल्नोवान्खा शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा निकाल्ने प्रयास पनि असफल भएको छ। युक्रेनी अधिकारिहरुका अनुसार युद्दको दशौं दिन अर्थात शनिबार अस्थायी संघर्ष बिराम लागू गरेपनि रुसी सेनाले संघर्ष विरामको घोषणाको आधा घण्टामै आक्रमण गरेपछि त्यहाँबाट मानिसहरुलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा अवरोध आएको छ। 

युक्रेनले रुसमाथि मारीयुपोल र वोल्नोवान्खा शहरमा संघर्ष विरामको उल्लङ्घनको आरोप लगाएको छ। मारीयुपोलका उपमेयर संग्रेई ओर्वोवले रुसी सेनाहरुले आधा घण्टा भन्दा कम समयको लागि मात्र आक्रमण रोकेको र फेरी गोलाबारी सुरु गरेको आरोप लगाएका छन्।  

बिद्यार्थी र सर्वसाधारणहरुलाई बाहिर निकाल्नको लागि तयारी अवस्थामा राखिएको बसहरुमा समेत रुसी सेनाले आक्रमण गरेको उनले आरोप लगाएका छन्। 

उनले भनेका छन्, "रुसी सैनिक शहरलाई ध्वस्त बनाईरहेका छन् र युक्रेनका मानिसहरुलाई मारिरहेका छन्। हामि सडकका लाश समेत उठाउन पाएका छैनौ। युद्दमा कति मानिसहरुको मृत्यु भयो भनेर यदि मलाई सोध्नुभयो भने मलाई थाहा छैन भन्ने जवाफ दिनुपर्ने अवस्था छ। राष्ट्रपति पुटिन र रुसी सेना प्रत्येक घण्टा प्रत्येक दिन युक्रेनका शहरलाई क्षति पुर्याईरहेका छन्। यहाँ यस्तो भवन बाँकी छैन जहाँ रुसी सेनाले आक्रमण नगरेको होस्।  

नर्क जस्तो अवस्था 

मारीयुपोलबाट बाहिर निस्किन सफल एक स्थानीयले मिडियाहरुमा त्यहाँको अवस्था नर्क जस्तो भएको प्रतिकृया दिएका छन्। मारीयुपोल युक्रेनको प्रमुख बन्दरगाह शहर हो, जसलाई रुसी सेनाले घेराबन्दीमा राखेका छन्। 

बितेका केहि दिनमा यो शहरमा न त बिजुली छ न त्यहाँ राम्रोसंग खाना उपलब्ध छ। त्यहाँ अति आवश्यक औषधिहरुको समेत अभाव भएको छ। 

त्यस्तै वोल्नोवान्खा शहरलाई पनि रुसी सेनाले धेरै क्षति पुर्याईसकेका छन्। 

रुसले आफ्नो सेनाहरु पुर्वको तर्फ अगाडी बढिरहेको बताएको छ। डोनबास तर्फ सेना सात किलोमिटर अगाडी बढन् सफल भएको र बाटोमा पर्ने शहर र बस्ति आफ्नो कब्जामा लिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved