तेल किन्ने पैसा पनि नभएपछि श्रीलंकाले आफ्नै मुद्रालाई कमजोर बनायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2022 | 02:28:55 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाको केन्द्रीय बैंकले आफ्नो मुद्रा श्रीलंकन रुपैयाँलाई कमजोर बनाएको छ । देशमा विदेशी विनिमय संचित घट्दै गएर अर्थतन्त्र नै जटिल मोडमा पुगेपछि केन्द्रीय बैंकले विदेशी संचिति बढ्ने अपेक्षामा मुद्राको अवमूल्यन गर्दै थप कमजोर बनाएको हो  

केन्द्रीय बैंकले  श्रीलंकन रुपैयाँको सटही दर १ डलर बराबर २३० रुपैयाँ कायम गरेको हो । गत अक्टोबरदेखि १ डलर बराबर २०३ रुपैयाँ बराबरको सटही दर रहेकोमा केन्द्रीय दरले आफ्नो मुद्रालाई थप कमजोर बनाउदै १ डलर खरीद गर्न २३० रुपैयाँ चाहिने बनाएको हो  

मुद्रालाई कमजोर बनाउँदा रेमिट्यान्सको मार्फत धेरै विदेशी संचिति प्राप्त हुने केन्द्रीय बैंकको विश्वास छ   उदाहरणको लागि यदि कसैले १ डलर रेमिटेन्स पठाउँदा यस अघि २०३ रुपैयाँ पाउने थियो भने अब १ डलर बराबर २३० रुपैयाँ पाउने छ   थप रुपैयाँ पाउने भएपछि रेमिटेन्स बढ्ने केन्द्रीय बैंकको अपेक्षा छ   त्यस्तै मुद्रा कमजोर बनाउँदा देशमा वैदेशिक लगानी पनि आकर्षित हुन्छ   वैदेशिक लगानी र रेमिटेन्स मार्फत थप विदेशी विनिमय संचिति प्राप्त गर्ने श्रीलंकाको लक्ष्य छ   त्यस्तै आफ्नो मुद्रा कमजोर बनाउँदा निर्यातकर्तालाई पनि फाईदा हुन्छ  यसबाट  निर्यातकर्ता आकर्षित भई थप निर्यात गरेर विदेशी संचिति बढ्ने अपेक्षा छ   

समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा रेमिटेन्स नै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो   सन् २०२१ मा श्रीलंकामा रेमिटेन्स आप्रवाह १० वर्ष यता कै कम थियो   सन् २०२१ मा श्रीलंकामा ५.४९ बिलियन डलर मात्र रेमिटेन्स भित्रिएको थियो , जुन १० वर्ष यता कै कम हो   

गत जनवरीमा श्रीलंकाको विदेशी विनिमय संचिति घटेर २.३६ बिलियन डलर पुगेको थियो   श्रीलंकाले तिर्न बाँकि विदेशी ऋण भने ६ बिलियन डलर रहेको छ   

ब्लुमबर्गका अनुसार श्रीलंकामा १५ प्रतिशत मुद्रास्फीति दर छ   हाल श्रीलंकासँग आयात गरिएको पेट्रोलियम पदार्थ वापतको पैसा तिर्न पनि बिदेशी मुद्राको संचिति छैन     

केहिले भने अर्थतन्त्र धेरै नै खराब अवस्थामा पुगेकोले केन्द्रीय बैंकले मुद्रालाई थप कमजोर बनाई प्रति डलर २५० देखि २६० डलरसम्म कायम गरिनु पर्ने बताएका छन्   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved