रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई कस्ता सामग्री पठाउँदै छ ? आक्रमणमा के महत्त्व राख्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 10:09:36 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसी ट्याङ्कको जलेको भग्नावशेषको छेउमा रहेको तस्बिरमा एक युक्रेनी सेनाले अस्त्र बोकेर विनाश निम्त्याएको उल्लेख गरिएको छ। युक्रेनी सशस्त्र बलद्वारा ट्विटरमा साझा गरिएका तस्बिरहरूमा विजयको भाव झल्कने विवरणहरू उल्लेख गरिएका छन्। साथै यसलाई "रुसी सैन्य उपकरणहरूमाथि जाभलिन क्षेप्यास्त्र प्रहारको परिणाम" भएको जनाइएको छ।

जाभलिन काँधमा राखिने ट्याङ्क प्रतिरक्षात्मक क्षेप्यास्त्र हो जसले ४ किलोमिटर टाढासम्मको 'हिट सिकिङ' रकेटहरूलाई प्रहार गर्छ। यसलाई सजिलै सार्न सकिने उपकरणद्वारा नियन्त्रण गर्न सकिन्छ जुन भिडिओ गेम सञ्चालन गर्ने उपकरणभन्दा धेरै फरक देखिँदैन।तर बख्तरबन्द ट्याङ्कको छेउ वा माथिबाट ठोक्किने गरी एक मिटर लामो यो अस्त्र प्रक्षेपण गर्न सकिन्छ।

युक्रेनी सेनाका अनुसार अमेरिकाद्वारा निर्मित अस्त्रहरूको उपस्थितिले रुसी सेनाहर बीच "आतङ्क" निम्त्याउँछ। त्यस्तै युक्रेनले थप २,००० वटा उक्त अस्त्र प्राप्त गर्न लागेको उनीहरूको दाबी छ।

रुसी ट्याङ्कको जलेको भग्नावशेषको छेउमा रहेको तस्बिरमा एक युक्रेनी सेनाले अस्त्र बोकेर विनाश निम्त्याएको उल्लेख गरिएको छ। युक्रेनी सशस्त्र बलद्वारा ट्विटरमा साझा गरिएका तस्बिरहरूमा विजयको भाव झल्कने विवरणहरू उल्लेख गरिएका छन्।

साथै यसलाई "रुसी सैन्य उपकरणहरूमाथि जाभलिन क्षेप्यास्त्र प्रहारको परिणाम" भएको जनाइएको छ। जाभलिन काँधमा राखिने ट्याङ्क प्रतिरक्षात्मक क्षेप्यास्त्र हो जसले ४ किलोमिटर टाढासम्मको 'हिट सिकिङ' रकेटहरूलाई प्रहार गर्छ।

यसलाई सजिलै सार्न सकिने उपकरणद्वारा नियन्त्रण गर्न सकिन्छ जुन भिडिओ गेम सञ्चालन गर्ने उपकरणभन्दा धेरै फरक देखिँदैन। तर बख्तरबन्द ट्याङ्कको छेउ वा माथिबाट ठोक्किने गरी एक मिटर लामो यो अस्त्र प्रक्षेपण गर्न सकिन्छ।

युक्रेनी सेनाका अनुसार अमेरिकाद्वारा निर्मित अस्त्रहरूको उपस्थितिले रुसी सेनाहर बीच "आतङ्क" निम्त्याउँछ। त्यस्तै युक्रेनले थप २,००० वटा उक्त अस्त्र प्राप्त गर्न लागेको उनीहरूको दाबी छ।

अमेरिकाले युक्रेनलाई कस्ता सामग्री पठाउँदै छ?

अमेरिकाले युक्रेनका लागि पठाउन लागेको नयाँ सहायता सामाग्रीहरूमा २५,००० थान शारीरिक आक्रमण रोक्न बनाइएको सुरक्षा कवच, हेलमेटदेखि राइफल र ग्रिनेडहरू, हजारौँ अन्य ट्याङ्क प्रतिरक्षात्मक अस्त्र र दुई करोड राउन्डभन्दा बढी गोलाबारुदसहितको सैन्य उपकरणहरू समावेश छन्।

जाभलिन क्षेप्यास्त्रबाहेक सर्वाधिक शक्तिशाली अस्त्रहरूमा ८०० स्टिङ्गर लडाकु विमान प्रतिरक्षात्मक प्रणालीहरू समाविष्ट छन्। उक्त प्रणाली अफगानिस्तानमा सोभियत विमानहरूलाई प्रहार गर्न प्रयोग गरिएको थियो।

अमेरिकाले १०० वटा "रणनीतिक मानवरहित हवाई प्रणाली" वा साना ड्रोन पठाउने योजना बनाएको छ। ती ड्रोनहरू हातैले प्रहार गरिन्छन् र भिर्ने झोलामा अट्ने आकारको हुन्छन्।

सैनिकहरूले तिनीहरूलाई युद्धको मैदान बाहिर निगरानी गर्न वा केही अवस्थामा आक्रमण गर्न प्रयोग गर्न सक्छन्। तिनीहरूलाई हवाई बमको रूपमा प्रयोग गर्न सकिन्छ जसलाई टाढैबाट लक्ष्यसम्म प्रहार गर्न सकिन्छ।

राष्ट्रपति बाइडनले बुधवार घोषणा गरे अनुसार युक्रेनमा अमेरिकी सैन्य सहायताको रकम गत साता मात्रै एक अर्ब अमेरिकी डलर रहेको थियो।उक्त रकम सन् २०१४ देखि २०२२ को सुरुवातसम्म गरिएको सहायता रकम दुई अर्ब ७० करोडको तुलनामा अत्यधिक धेरै हो।

किएभस्थित पूर्व अमेरिकी राजदूत जोन हर्बस्टका अनुसार यो एक "महत्त्वपूर्ण प्रगति" हो र यसले विगतका कमीकमजोरीहरूलाई सम्बोधन गर्छ।

"यहाँ राष्ट्रपति बाइडन र उनको समूहले युक्रेनलाई सहायता प्रदान गर्न नचाहेकोबारे कुनै संशय छैन," हर्बस्टले भने।

"र उनीहरूले सैन्य सहायता, सहयोगको दबावको राम्रोसँग सामना गरेका छन्।"

यसले रुसविरुद्ध आक्रमणमा के महत्त्व राख्छ?

सैन्य विज्ञहरूका अनुसार अमेरिकाले प्रदान गरेको ट्याङ्क प्रतिरक्षात्मक अस्त्रहरूको प्रभाव युक्रेनमा अधिक देखिने छ।

आक्रमणकारी रुसी फौजहरू "स्वचालित जत्था हो" अर्थात् बख्तर बन्दसहितको लस्कर। "तिनीहरूमाथिको नियन्त्रणको सर्वश्रेष्ठ उपाय तिनीहरूलाई ध्वस्त पार्नु हो", पूर्वअमेरिकी कर्नेल क्रिस्टोफर मेयरले भने।

युक्रेनले विभिन्न देशबाट फरक किसिमका प्रतिरक्षात्मक अस्त्रहरू प्राप्त गरेको छ। यसले रुसी बख्तरबन्दविरुद्ध लडिरहेका युक्रेनी फौजको प्रतिकार थप घातक हुन मद्दत गर्ने मेयरले बताए।

"यदि उनीहरूलाई विभिन्न किसिमका ट्याङ्क प्रतिरक्षात्मक प्रणालीहरू दिइयो भने, यसले उनीहरूलाई बख्तरबन्दमा भएको जुनसुकै प्रतिरक्षा प्रणाली छेडेर तहसनहस पार्ने कयौँ अवसरहरू प्रदान गर्छ," उनले भने।

युक्रेनी अधिकारीहरूको भनाइ स्वतन्त्र रूपमा पुष्टि हुने नसके पनि उनीहरूले बताए अनुसार उनीहरूले उचित नतिजा देखाउने अस्त्रहरू प्रयोगमा ल्याइसकेका छन्।

मार्च १६ सम्मको विवरण अनुसार उनीहरूले ४०० भन्दा बढी ट्याङ्क र २,००० भन्दा बढी सैन्य सवारीसाधनहरू ध्वस्त पार्न सफल भएको दाबी गरेका छन्।

यद्यपि ट्याङ्क प्रतिरोधी अस्त्रले रुसी हवाई आक्रमणको प्रतिकार गर्न युक्रेनलाई कुनै खास टेवा पुर्‍याउँदैन।

तीन सातायता देशभर भएका हवाई आक्रमणहरू युक्रेनको प्रमुख चुनौती बन्दै गएको छ। मानिसले सहजै बोक्न मिल्ने र कुममाथि राखेर सञ्चालन गरिने स्टिङ्गर प्रणाली अमेरिकी सहायतामा समाविष्ट एक मात्र हवाई आक्रमण प्रतिरोधी अस्त्र हो।

उक्त प्रणाली सन् १९८१ यता विश्वभर भएका विभिन्न द्वन्द्वहरूमा प्रयोग हुँदै आएको छ। यसलाई सबैभन्दा व्यापक रूपमा अफगानिस्तानमा प्रयोग गरिएको थियो जहाँ अमेरिकाले सहयोग गरेका स्टिङ्गरहरूले सोभियत कालमा सयौँको सङ्ख्यामा रुसी लडाकु विमान र हेलिकप्टरहरूलाई खसालेका थिए।

यो कम उचाइमा उड्ने हेलिकप्टर वा करिब ३८०० मिटरसम्म उचाइमा उड्ने लडाकु विमानविरुद्ध निकै प्रभावकारी छ। तर अधिक उचाइमा उड्ने रुसी लडाकु विमानविरुद्ध काम गर्न सक्दैन।

हर्बस्टका अनुसार अमेरिकी प्रशासनले युक्रेनलाई गरिने सहायता सामाग्रीमा स्टिङ्गर पनि हुनु "कमजोरीको सङ्केत" हो।

"उनीहरूलाई निस्सन्देह धेरै स्टिङ्गरहरू चाहिन्छ तर उनीहरूलाई उच्च उचाइमा उडान भर्ने लडाकु विमानविरुद्धको अस्त्र पनि चाहिएको छ, र त्यसलाई समावेश नगरिनु ठूलो भुल हो।"

अमेरिकाले के पठाएको छैन?

ह्वाइट हाउसले सोभियत कालमा अधिक उचाइमा उड्ने लडाकु विमान लक्षित एस-३०० जस्तै क्षेप्यास्त्र तेस्रो मुलुकमार्फत युक्रेन पठाइने सङ्केत गरे पनि यसबारे कुनै औपचारिक घोषणा भने भएको छैन।

स्लोभाकियाका अधिकारीहरूले पूर्तिस्वरूप अन्य अस्त्र पाएको खण्डमा युक्रेनलाई त्यस्ता अस्त्र उपकरणहरू पठाउने इच्छा देखाएका छन्।

नेटोका अन्य दुई साझेदारहरू ग्रीस र बुल्गेरियामा पनि यस्तो प्रणाली रहेको विवरण आएका छन्। युक्रेनीहरूको हवाई आक्रमण तीव्र पार्न पोल्यान्डद्वारा प्रस्तावित मिग-२९ लडाकु विमानको हस्तान्तरण अमेरिकाले रद्द गरेको छ। अमेरिकी अधिकारीहरूले व्याख्या गरे अनुसार उक्त योजना नेटो र रुसबीचको जारी र बढ्दै गएको खुला विवादका कारण "यथार्थपरक" छैन। 

यद्यपि मेयरका अनुसार अमेरिका र अमेरिकी साझेदारहरूले हस्तान्तरण गरेको मिग-२९ वा उस्तै लडाकु विमानहरूले युक्रेनलाई आफ्नो आकाश माथिको नियन्त्रण कायम राख्न प्रभावकारी सहायता हुने विश्वास व्यक्त गरे।

उनले सोभियत सङ्घले लडाकु विमान र पाइलट दुबैलाई उत्तरी भियतनाममा ठूलो झडप नगरी अमेरिकी हवाई फौजविरुद्ध प्रतिकारका निम्ति पठाएको थियो।

अन्य राष्ट्रले कस्तो सहयोग गरेका छन्?

युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने अमेरिका मात्र एक्लो राष्ट्र होइन। कम्तीमा ३० वटा देशहरूले त्यहाँ सहयोग गरेका छन्। जसअन्तर्गत इतिहासमै पहिलो पटक युरोपेली सङ्घले ५० करोड युरो बराबरको सहयोग घोषणा गरेको छ।

अमेरिकाले नयाँ सहायताको घोषणा गरे लगत्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "थप सहयोग" तत्काल चाहिएको बताएका थिए।

"हाल प्राप्त गरिरहेको सहयोगभन्दा धेरै आवश्यक रहेको" उनले बताए।

"रुसी आक्रमणको प्रतिकार गर्न पर्याप्त प्रतिरक्षा प्रणाली, लडाकु विमान र यथेष्ट घातक हतियार र अस्त्रहरू आवश्यक छ," उनले भने।

अमेरिकाले अहिलेसम्म प्रतिबद्ध गरेको हतियारहरू युक्रेनीहरूका लागि पुग्दो नभएको मेयरको बुझाइ छ।

"हामी आफूसँग उपलब्ध भएसम्म उनीहरूलाई सहयोग गर्न थप आक्रामक बन्नु पर्ने देखिन्छ," उनले भने।

"हामीले युक्रेनलाई कम्तीमा पनि उस्तै गुणस्तर र परिमाणमा अस्त्रहरू दिनु पर्थ्यो जति सोभियत सङ्घले अमेरिकाविरुद्धको युद्धमा उत्तरी भियतनामलाई दिएको थियो।"

उनका अनुसार अत्यधिक सहायता सामग्रीहरू भविष्यमा चाहिन सक्छन् र तिनीहरू त्यति बेला मात्र प्रभावकारी हुन्छ जब ती अस्त्रहरूले युक्रेनलाई रुसी हवाई आक्रमणविरुद्ध प्रतिकार गर्न मद्दत गर्नेछ।

"मेरा लागि अमेरिकाले ३०,००० फिट वा अधिक उचाइमा रहेका रुसी लडाकु विमानहरू विफल तुल्याउन सक्ने अस्त्र पठाउँछ कि पठाउँदैन भन्ने कुरा प्रमुख हो," उनले भने।

हालसम्म हवाई आक्रमण विफल पार्ने अस्त्र सहायताबारे कुनै ठोस घोषणा भएको छैन। तर राष्ट्रपति बाइडनले थप सहयोग शीघ्र उपलब्ध गराइने र अमेरिकाले युक्रेनलाई लामो दूरीका हवाई प्रतिरक्षा उपकरण प्रदान गर्ने गृहकार्य गरिरहेको बताए। -बिबिसीबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved