श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 12:39:04 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन्

बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सकेका छन्

विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भैसकेका छन् उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराएको बताइएको छ

हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए

राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उहाँले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए

आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ ।

महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।

यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुन्

उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । विक्रमासिंघेलाई यहाँको अर्काे राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved